तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै « Khabarhub

तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ । 

उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।

विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।

चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । 

सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
  

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ०५ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्