तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै « Khabarhub

तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ । 

उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।

विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।

चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । 

सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
  

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली