मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध « Khabarhub

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन लागेको कार्यक्रमका कारण विवादमा परेकी छिन् ।

धार्मिक नगरी मथुरामा आयोजना हुन लागेको उनको कार्यक्रमलाई लिएर स्थानीय साधु–सन्तहरूले कडा विरोध जनाएका छन् ।

उनीहरूले सनीलाई भारतको उत्तर प्रदेशस्थित धार्मिक स्थान मथुरा प्रवेशमै रोक लगाउनुपर्ने माग गर्दै कार्यक्रम रद्द गर्न जिल्ला प्रशासनलाई पत्र बुझाएका छन् ।

भारतीय मिडिया अनुसार श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य निवेदक दिनेश फलाहारी महाराजले ब्रजभूमि श्रीकृष्णको पवित्र रासलीलास्थल भएको भन्दै नयाँ वर्षको नाममा ‘अश्लीलता’ प्रदर्शन हुन नदिन कार्यक्रम रोक्न माग गरेका हुन् ।

सनी लियोनीको कार्यक्रम होटल ललिता ग्राउन्ड र होटल दा ट्रकमा हुने तयारी थियो, जसको प्रचार सनी आफैँले  सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।

साधु–सन्तहरूको तीव्र विरोधपछि कार्यक्रम हुने वा नहुने विषयमा अन्योल सिर्जना भएको छ । अब यसबारे प्रशासनले के निर्णय लिन्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ। उल्लेखनीय कुरा, मथुरामा सनी लियोनीको विरोध भएको यो पहिलो घटना भने होइन।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : १२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज