बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन « Khabarhub

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । 

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उनको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उनको अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उनकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उनको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।

उनको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मङ्गलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए । बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दुःख व्यक्त गरे। पार्टीका युवा समर्थक गोलम किब्रियाले जियाले विलासिताको जीवनभन्दा जेल रोजेर वर्षौं कठिन अवस्था भोग्नुभएको उल्लेख गर्दै उनलाई ‘कहिल्यै प्रतिस्थापन गर्न नसकिने अतुलनीय नेता’ को संज्ञा दिए।

जियाको अन्तिम दिनहरूमा देशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले पनि राष्ट्रलाई उनको स्वास्थ्यलाभ र पछि आत्मशान्तिका लागि प्रार्थना गर्न आह्वान गरेका थिए । उनले जियालाई ‘अत्यन्त प्रेरणादायी व्यक्तित्व’ भन्दै राष्ट्रले ‘एक महान अभिभावक गुमाएको’ टिप्पणी गरे। युनुसका अनुसार उनको दृढ नेतृत्वले पटक–पटक देशलाई अलोकतान्त्रिक अवस्थाबाट बाहिर ल्याउन सहयोग गरेको थियो र जनतालाई स्वतन्त्रताको मूल्य बुझ्न प्रेरित गरेको थियो ।

तीन पटक प्रधानमन्त्री रहेकी जियालाई सन् २०१८ मा तत्कालीन शेख हसिना सरकारका पालामा भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । सोही कारणले उपचारका लागि विदेश जानसमेत उनलाई रोक लगाइएको थियो । हसिना सत्ताच्युत भएपछि गत वर्ष उनी रिहा भइन्। यस महिनाको सुरुतिर विशेष एयर एम्बुलेन्समार्फत लन्डन लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नहुँदा योजना कार्यान्वयन हुन सकेन ।

उनका जेठा छोरा तारिक रहमान अब फेब्रुअरी १२ मा हुने आम चुनावमा बिएनपीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । उनी १७ वर्षको निर्वासनपछि केही दिनअघि मात्र स्वदेश फर्किएका थिए। पार्टीले बहुमत हासिल गरेमा उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिने व्यापक अनुमान गरिएको छ । बङ्गलादेशका प्रमुख सञ्चारमाध्यमहरूले जियाको निधनको समयमा उनका छोरा रहमान र परिवारका अन्य सदस्यहरू उनकै साथमा रहेको जनाएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : २२ बजे

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको