गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित « Khabarhub

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । 

गत १०-१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासीय भवनहरू ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरूमा क्षति पुगेको एजेन्सीले जनाएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरहरुमा बस्न बाध्य पारेको पुष्टि गरेको छ ।

आँधीलाई ‘प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहार पछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ । 

युएनआरडब्लुएका अनुसार आँधीका कारण कम्तिमा १७ वटा भवनहरू ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रयहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तिमा दुई लाख ३५ हजार मानिसहरू प्रभावित भएको जनाइएको छ ।  

यस महिनाको सुरुमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिका सहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनहरुको आश्रय स्थलहरू बाढी प्रभावित भएको जनाइएको छ । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ०१ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले