मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ « Khabarhub

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा हतियार जफत गरिएको प्रहरीले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मङ्गलबार प्रहरीले प्रकाशित गरेको तथ्यांक अनुसार डिसेम्बर–८ मा चार प्रमुख मेलबर्न सपिङ सेन्टरमा सुरक्षा अभियान सुरु भए देखि १०९ जनालाई पक्राउ गरिएको छ ।

भिक्टोरिया प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथमा छुरी हथौडा डस्टरको सेटहरु लगायतका खजना जफत गरिएको जनाएको छ । 

मेलबर्न सपिङ सेन्टरहरूमा हिंसात्मक घटनाहरूको शृङ्खला बढे पछि सुरक्षा कारबाही स्थापना गरिएको थियो ।

भिक्टोरिया प्रहरीका क्षेत्रीय अपरेसनका उपयुक्त बब हिलले किनमेल केन्द्रहरूमा प्रहरी र सुरक्षात्मक सेवा अधिकारीहरूको उपस्थिति जारी रहेको बताएका छन् ।
 
सबैले सुरक्षित महसुस गर्नुपर्ने ठाउँमा हिंसा, आक्रामकता र हतियार ल्याउनेहरूको विरुद्ध प्रहरी खडा हुने  उनले बताए । भिक्टोरिया प्रहरी अपरेसन अन्तर्गत २१७  वटा अपराध दर्ता भएका छन्, जसमध्ये ७५ वटा चोरीसँग सम्बन्धित भएको जनाइएको छ । 

भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : १७ बजे

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी