यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन « Khabarhub

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व संकलन भएको छ । 

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व संकलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम संकलन गरिएको हो । 

यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ संकलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ संकलन भएको जनाइएको छ ।

 त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट ८३ लाख सात हजार ६०१ संकलन भएको प्रवक्ता सुवेदीले जानकारी दिए । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : २४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज