कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार « Khabarhub

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु(याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ ।

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर विस्तार गरिएका छन् । कार्यालय प्रमुख पुजाराले भने, ‘जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भइ सुचारु भएको छ । लामो समयदेखि टेलिफोन टावर निर्माण नहुँदा यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका थिए ।’

सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सेवा सञ्चालन भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। 

टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ ।
 
नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार गरिएको जनाएको छ । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ४१ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि

एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल

काठमाडौं‍- ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा एउटा पेस्तोल

दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम

खलङ्गा– दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

गुरुङ पहिरनमा प्रधानमन्त्री, भनिन्- निर्वाचनबाट युवाले चाहेजस्तो देश बनाउन सकिन्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने