शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण « Khabarhub

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ ।
   
नगरका कार्यवाहक प्रमुख इसरत परविनका अनुसार ट्याक्टरमार्फत नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।

कार्यवाहक प्रमुख परविनले विगत एक हप्तादेखि बढेको जाडोबाट प्रभावित स्थानमा दाउरा अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क वितरण गरिएको बताए।

उनले भने, “अहिले आफ्नो दैनिकी जीवन चलाउन कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने कर्मचारी तथा सर्वसाधारणलाई न्यानोका लागि यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।”

नगरपालिकाका अनुसार मुख्य बजारसहित वडा नं. १, २, ३, ४, ५, ६ र ७ वडामा दाउरा वितरण गरिएको छ  । 

राजविराज नगरपालिका–७ का स्थानीय राजेश चन्द्र यादवले  दाउरा वितरण थालिएपछि सर्वसाधारणलाई चिसोबाट थोरै राहत महसुस भएको बताए।  
 
शीतलहरका कारण जनजीवन प्रभावित भएपछि सप्तरीका राजविराजसहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोकै कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । 

त्यसैगरी बरख गण राजविराजबाट सेनानी भरत गिरीको कमान्डमा १÷१६  नफ्री मा राजविराज नगरपालिका–२, ५, र ७ वडा र विभिन्न ११  स्थानमा  करिब २०० जना स्थानीयलाई लाभान्वित हुने गरी जिल्ला वन डिभिजनको सहयोगमा दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ  ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ०७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन