दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम « Khabarhub

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको सङ्ख्या वृद्धि भएको हो ।

अघिल्लो निर्वाचनसम्म दार्चुलामा कुल ९० हजार ७८२ मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकसँगै दुई हजार १६६ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार हाल कायम मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । 

मतदाता नामावली अद्यावधिकपछि जिल्लाको पालिका अनुसारको तथ्यांकसमेत सार्वजनिक गरिएको उनले जानकारी दिए । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । स्थानीय तहगत तथ्यांकअनुसार शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता रहेका छन्भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन् । 

यस्तै मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् । मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आगामी निर्वाचनका लागि जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी तीव्र बनाएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा निर्वाचन व्यवस्थापनका कामलाई तिव्रता दिइएको छ । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : २१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन