नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की « Khabarhub

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । 

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । 

उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए ।

कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए । सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगायत सबैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ ।

जने-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनः निर्माण गरी हस्तान्तरण गरिएको हो । 

स्थानीय लगायत सरोकारवालाले समिति बनाएर भवन पुनः निर्माण गरेको थियो । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : १३ बजे

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी