नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की « Khabarhub

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । 

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । 

उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए ।

कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए । सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगायत सबैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ ।

जने-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनः निर्माण गरी हस्तान्तरण गरिएको हो । 

स्थानीय लगायत सरोकारवालाले समिति बनाएर भवन पुनः निर्माण गरेको थियो । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : १३ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै