बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त  « Khabarhub

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार बताएका छन् ।

प्रवक्ता जियानले बंगलादेशको अन्तरिम सरकार र उनको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताएका छन् । 

मिडिया रिपोर्टका अनुसार मंगलबार खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको हो ।

जिया चिनियाँ जनताको पुरानो मित्रका रुपमा लामो समयदेखि चीन–मंगलबार मित्रताका लागि प्रतिबद्ध रहेको लिनले बताएका छन् ।  

बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा जियाले चीन–बङ्गलादेश सम्बन्ध विकास गर्न सक्रिय प्रयास गरेको र दुई देशले दीर्घकालीन मित्रता, समानता र आपसी साझेदारी स्थापना गरेकोसमेत लिनले बताएका छन् ।
  
‘चीन–बंगलादेश मैत्री प्रवर्द्धन र द्विपक्षीय सम्बन्धको विकासमा उनको महत्त्वपूर्ण योगदानलाई सदाका लागि स्मरण गरिने लिनले  उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : २४ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन