चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई–७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा प्रयोग गरिने बताइएको छ । उक्त प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ६२२औँ उडान मिसन हो ।

चीनको अन्तरिक्ष प्रविधि तथा पृथ्वी अवलोकन क्षमतामा यो प्रक्षेपणले थप प्रगति दर्शाएको छ ।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : १६ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने