‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’ « Khabarhub

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र व्यवहारिक र प्रभावकारी उपाय रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानले उक्त धारणा व्यक्त गरेका छन् । रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले युक्रेन (किएभ) ले रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति निवासतर्फ रातारात ड्रोन आक्रमण गरेको दाबी गरेपछि यस विषयमा चीनको धारणा सार्वजनिक गरिएको हो ।

प्रवक्ता लिनले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन, युद्ध क्षेत्रको विस्तार नगर्न, लडाइँको तीव्रता नबढाउन तथा तनाव उत्पन्न हुन सक्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरे। साथै, संकटको राजनीतिक समाधानका लागि तनाव न्यूनीकरण गर्दै अनुकूल वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

चीनले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न कूटनीतिक संवाद र प्रयासलाई निरन्तर समर्थन गर्दै आएको पनि प्रवक्ताले स्पष्ट पारे ।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ४३ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन