अर्थसंक्षेप : राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन, यातायात कार्यालयबाट १२ करोड राजस्व र भारत बन्यो विश्वको चौथो अर्थतन्त्र « Khabarhub

अर्थसंक्षेप : राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन, यातायात कार्यालयबाट १२ करोड राजस्व र भारत बन्यो विश्वको चौथो अर्थतन्त्र


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व संकलन भएको छ ।

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व संकलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए ।

यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम संकलन गरिएको हो ।

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप व्यवस्थित, सरल र सहज बनाउन ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन जारी गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०८२-०९-१४ मा परिपत्र जारी गर्दै नयाँ व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस संशोधनको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु र आर्थिक क्रियाकलापलाई सहज बनाउनु रहेको जनाइएको छ ।

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ०१ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क