निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल « Khabarhub

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले आगामी निर्वाचनमार्फत संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएकी छन् ।

नेकपा समर्थित उद्योगी व्यवसायीको सङ्गठन नेपाल उद्योग व्यापार महासङ्घ ललितपुरको आज यहाँ आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले जेन-जी आन्दोलनमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुपरेको र भदौ २४ गतेको विध्वंसात्मक घटनाले संकट निम्त्याएको बताइन्। अब संकट व्यवस्थापनको उपयुक्त माध्यम निर्वाचन नै भएको उनको भनाइ थियो । 

‘सुशासन माग गर्दै भएको आन्दोलनका क्रममा २३ गते अप्रिय घटना भयो,  २४ गते विध्वंस निम्त्याइयो । त्यो विध्वंसले अर्बौँको क्षति भएको छ । त्यसबाट सबै मर्माहत छौँ । देश अर्को दुर्घटनामा पर्ने हो कि भन्न चिन्ता छ । त्यसैले सबै समस्या समाधानका लागि अब फागुन २१ को निर्वाचन नै विकल्प हो’, नेतृ भुसालले भनिन्।

उनले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। 

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित), महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासङ्घ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल, महासङ्घ ललितपुरका अध्यक्ष राज घिमिरेलगायतले सम्बोधन गरेका थिए । 
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ४८ बजे

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको