कृषिउपज संकलन केन्द्र प्रयोगविहीन « Khabarhub

कृषिउपज संकलन केन्द्र प्रयोगविहीन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज संकलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ ।  

सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको  हो ।  केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ ।  

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा १५ लाखको लागतमा संकलन केन्द्र निर्माण गरेको हो । यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको  सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताए। 

प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ । 

यसैबीच, सुनवल–१३, बडेरामा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसलाई बस उपलब्ध गराइएको छ । विद्यार्थीहरूको यातायात सहजतालाई दृष्टिगत गरी सुनवल नगरपालिकाले क्याम्पसलाई एउटा बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिए । 

सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा विनियोजन गरेको रु ३१ लाख ५० हजारबाट क्याम्पसका निम्ति बस खरिद गरिएको हो ।

विसं २०६५ मा स्थापना भएको क्याम्पसमा स्नातकतर्फ व्यवस्थापन संकाय र मानविकी संकाय गरी दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ३७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले