निलम्बन फुकुवाको मागसहित सांसदहरू लिएर सभामुखकहाँ रवि लामिछाने « Khabarhub

निलम्बन फुकुवाको मागसहित सांसदहरू लिएर सभामुखकहाँ रवि लामिछाने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेका छन् ।

प्रमुख सचेतक सन्तोष परियारसहितको टोली संसद् सचिवालय पुगेर सभामुख देवराज घिमिरेलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछाने पनि सभामुखलाई भेट्न संसद् सचिवालय पुगेका छन् ।

रास्वपा सांसदहरू सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र लिएर सभामुख घिमिरेकहाँ पुगेका हुन् ।

रास्वपाका एक सांसदले सभापतिलाई सांसदबाट गरिएको निलम्बन फुकुवाको आग्रहसहित आफूहरू सभामुखकहाँ पुगेको जानकारी दिएका छन् ।

२०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै उनी सांसद पदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । उक्त मुद्दाको अन्तिम निरुपण भइनसकेकाले रवि सांसद पदमा फर्किने सम्भावना छैन । मुद्दाको अन्तिम किनारा नलागे पनि रास्वपा सांसदहरू रविको निलम्बन फुकुवा मागसहित सभामुखकहाँ पुगेका हु्न् ।

‘…प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उक्त कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले पुस ८ मा भनेको थियो ।

यसैबीच शुक्रबारदेखि नै संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले बोल्ने तालिका छ । त्यसैगरी यसअघि सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि यसै अधिवेशनको पहिलो दिन पेश हुँदैछ । तर ती अध्यादेशविरुद्ध प्रतिपक्षी दलले मोर्चाबन्दीको तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : १० बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय