निलम्बन फुकुवाको मागसहित सांसदहरू लिएर सभामुखकहाँ रवि लामिछाने | Khabarhub Khabarhub

निलम्बन फुकुवाको मागसहित सांसदहरू लिएर सभामुखकहाँ रवि लामिछाने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेका छन् ।

प्रमुख सचेतक सन्तोष परियारसहितको टोली संसद् सचिवालय पुगेर सभामुख देवराज घिमिरेलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछाने पनि सभामुखलाई भेट्न संसद् सचिवालय पुगेका छन् ।

रास्वपा सांसदहरू सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र लिएर सभामुख घिमिरेकहाँ पुगेका हुन् ।

रास्वपाका एक सांसदले सभापतिलाई सांसदबाट गरिएको निलम्बन फुकुवाको आग्रहसहित आफूहरू सभामुखकहाँ पुगेको जानकारी दिएका छन् ।

२०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै उनी सांसद पदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । उक्त मुद्दाको अन्तिम निरुपण भइनसकेकाले रवि सांसद पदमा फर्किने सम्भावना छैन । मुद्दाको अन्तिम किनारा नलागे पनि रास्वपा सांसदहरू रविको निलम्बन फुकुवा मागसहित सभामुखकहाँ पुगेका हु्न् ।

‘…प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उक्त कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले पुस ८ मा भनेको थियो ।

यसैबीच शुक्रबारदेखि नै संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले बोल्ने तालिका छ । त्यसैगरी यसअघि सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि यसै अधिवेशनको पहिलो दिन पेश हुँदैछ । तर ती अध्यादेशविरुद्ध प्रतिपक्षी दलले मोर्चाबन्दीको तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : १० बजे

विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता

काठमाडौं – गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह

कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू

काठमाडौं- नेपाली कांग्रेसले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न नेकपा

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन

कांग्रेस तेलको कि पानीको ?

नेपाली कांग्रेसमा यतिखेर भावी नेतृत्वको चर्चा चलिरहेछ । वर्तमान सभापति

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग

दमौली– जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन