पेन डाउन गर्दै आन्दोलनमा उत्रिए आवासीय चिकित्सक  « Khabarhub

पेन डाउन गर्दै आन्दोलनमा उत्रिए आवासीय चिकित्सक 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै प्रदर्शन गरेका छन् । 

निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा सडक आन्दोलनमा उत्रिएका ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने सङ्घर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रूपमा निर्णय गरेका छन्।

मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।

तर, उक्त निर्णय अस्वीकार गर्दै आन्दोलन अघि सारिएको हो । उनीहरूले आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ३६ बजे

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको

‘सत्तापक्षले आधा जनसङ्ख्याको प्रतिनिधित्व प्रतिपक्षले गर्छ भन्ने हेक्का राखोस्’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र

एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का

‘३० दिन भयो अझै घर छैन’ भन्दै सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्न चाहेको हो ?

काठमाडौं- सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था