संरक्षण हुन सकेन हुड्के नाच | Khabarhub Khabarhub

संरक्षण हुन सकेन हुड्के नाच


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । 

यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ । 

तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए। स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे। 

‘हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान गर्‍यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकार भएकाहरूले पनि चासो राख्नुपर्‍यो’, उनले भने, ‘स्थानीय सरकार वडापालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गरे । 

तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभई नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउँछन् । आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ५३ बजे

कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा

काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको

माओवादी महाधिवेशन आयोजक समितिको बैठक कमलादीमा (तस्बिरहरू) 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठानको

कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजेका लागि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र