कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ « Khabarhub

कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचन अगावै संघीय निर्वाचन गर्नुपर्ने माग उठेको छ ।

कांग्रेस संसदीय दलको बैठकमा ०८४ मा हुने संघीय निर्वाचन स्थानीय तह निर्वाचन अगावै गर्नुपर्ने माग उठेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बसेको दलको बैठकमा केही सांसदहरूले यस्तो प्रस्ताव गरेको एक सांसदले जानकारी दिए ।

उनका अनुसार सांसदहरू ईश्वरी न्यौपाने, उदय शमशेर राणा, देवनारायण तिमिल्सिनालगायतले स्थानीय निर्वाचन अघि नै संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

शुक्रबार बसेको बैठकमा बोल्ने क्रम जारी रहेपछि माघ २४ गतेका लागि अर्को बैठक बोलाइएको छ ।

‘आज सक्ने गरेर हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ता बाँकी भएर बैठक सिध्याउन सकेनौँ,’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘अब २४ गते बिहान साढे ८ बजेदेखि पुन बैठक बस्ने छ ।’

घिमिरेका अनुसार दलको बैठकमा कांग्रेसका सांसदहरूले बोल्ने क्रम सकिएको छ । आगामी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टी पदाधिकारी र दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बोल्ने कार्यसूची छ ।

‘सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताले बोल्ने क्रम बाँकी छ,’ घिमिरेले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ११ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर