कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ « Khabarhub

कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचन अगावै संघीय निर्वाचन गर्नुपर्ने माग उठेको छ ।

कांग्रेस संसदीय दलको बैठकमा ०८४ मा हुने संघीय निर्वाचन स्थानीय तह निर्वाचन अगावै गर्नुपर्ने माग उठेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बसेको दलको बैठकमा केही सांसदहरूले यस्तो प्रस्ताव गरेको एक सांसदले जानकारी दिए ।

उनका अनुसार सांसदहरू ईश्वरी न्यौपाने, उदय शमशेर राणा, देवनारायण तिमिल्सिनालगायतले स्थानीय निर्वाचन अघि नै संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

शुक्रबार बसेको बैठकमा बोल्ने क्रम जारी रहेपछि माघ २४ गतेका लागि अर्को बैठक बोलाइएको छ ।

‘आज सक्ने गरेर हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ता बाँकी भएर बैठक सिध्याउन सकेनौँ,’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘अब २४ गते बिहान साढे ८ बजेदेखि पुन बैठक बस्ने छ ।’

घिमिरेका अनुसार दलको बैठकमा कांग्रेसका सांसदहरूले बोल्ने क्रम सकिएको छ । आगामी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टी पदाधिकारी र दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बोल्ने कार्यसूची छ ।

‘सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताले बोल्ने क्रम बाँकी छ,’ घिमिरेले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ११ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको