प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- सत्ताका लागि प्वाल पारेर अर्कै डुंगा चलाउने अवस्था अब छैन « Khabarhub

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- सत्ताका लागि प्वाल पारेर अर्कै डुंगा चलाउने अवस्था अब छैन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सत्ताका लागि यताबाट उता गरिरहने अवस्था अन्त्य भएको बताएका छन् ।

गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताका लागि आफ्नै डुंगा प्वाँल पारेर अन्यत्र कुद्ने अवस्था अब नरहेको उनले बताए ।‘

गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, ‘सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’, उनले भने ।

सत्ताका नाममा पटक पटक विश्वासको मत लिने तमासाबाट पनि देशले मुक्ति पाएको उनले बताएका छन् ।

उनले आफू अहिले जनताको भरोसासहितको आत्मविश्वास लिएर प्रतिनिधिसभामा उभिएको पनि बताएका छन् । ‘हामीले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन र सामयिक संशोधन गर्नु जरुरी छ । वर्षौँदेखि थन्किएका विधेक पारित गर्ने वा फिर्ता लिने काम हुन्छ । अनावश्यक कानुन खारेज गर्ने नयाँ कानुन ल्याउने काममा अब ढिलाइ हुँदैन ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा