अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ « Khabarhub

अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनका क्रममा संसद् नचलेको बेला अध्यादेश ल्याउनुलाई सरकारको बाध्यता भनेका छन् ।

ओलीले सत्ता पक्ष र प्रतिपक्षीका रुपमा अध्यादेशलाई नहेरी छिटो छरितो काम गर्नका लागि ल्याउनुपरेको बताएका छन् ।

‘हामीले सदन सुरु नभएको बेला छिटो बाटोबाट अध्यादेश ल्याएका हौँ । विरोध गर्ने मानसिकता नबनाऊँ । सरकारले यस्तै बेला अध्यादेश ल्याउने हो,’ उनले भने, ‘अब अध्यादेश संसद्को सम्पत्ति भएको छ । आजका मितिबाट ६० दिन छ । यसलाई अस्वीकार गर्ने या जस्ताको तस्तै पारित गर्ने या थपघट गर्न प्रतिस्थापन विध्येक पारित गर्ने यो सम्मानित सदनको जिम्मा भयो ।’

अध्यादेशलाई लिएर विपक्षी रास्वपा विरोध गर्दै संसद् बहिष्कार गर्दै बाहिरिएको छ । रास्वपाको बहिष्कारबीच प्रधानमन्त्रीले सरकारको उपलब्धि सुनाइरहेका छन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : १४ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट