अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ « Khabarhub

अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनका क्रममा संसद् नचलेको बेला अध्यादेश ल्याउनुलाई सरकारको बाध्यता भनेका छन् ।

ओलीले सत्ता पक्ष र प्रतिपक्षीका रुपमा अध्यादेशलाई नहेरी छिटो छरितो काम गर्नका लागि ल्याउनुपरेको बताएका छन् ।

‘हामीले सदन सुरु नभएको बेला छिटो बाटोबाट अध्यादेश ल्याएका हौँ । विरोध गर्ने मानसिकता नबनाऊँ । सरकारले यस्तै बेला अध्यादेश ल्याउने हो,’ उनले भने, ‘अब अध्यादेश संसद्को सम्पत्ति भएको छ । आजका मितिबाट ६० दिन छ । यसलाई अस्वीकार गर्ने या जस्ताको तस्तै पारित गर्ने या थपघट गर्न प्रतिस्थापन विध्येक पारित गर्ने यो सम्मानित सदनको जिम्मा भयो ।’

अध्यादेशलाई लिएर विपक्षी रास्वपा विरोध गर्दै संसद् बहिष्कार गर्दै बाहिरिएको छ । रास्वपाको बहिष्कारबीच प्रधानमन्त्रीले सरकारको उपलब्धि सुनाइरहेका छन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : १४ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित