‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’ « Khabarhub

‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि दल टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुरा समावेश नभएको बताएका छन्।

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेपछि ओलीले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारको मेन्युमा दल विभाजन गर्ने मेन्यु नभएको बताएका हुन् ।

‘ढुक्क हुनुहोस, कांग्रेस र एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन’, उनले भने, ‘सरकारका प्राथमिकताबारेमा मैले भनिसकेको छु, दोहोर्‍याउनु पर्दैन ।’

एकीकृत समाजवादीसहित विपक्षी दलका नेताहरूले सरकार ढल्छ, ढल्नै लाग्यो भनेर व्यर्थै समय खेर फालेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : २१ बजे

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत