सरकार ढल्छ भन्नेलाई ओलीको जवाफ- राजनीति मञ्चमा ‘ढलेँ-ढलेँ’ गीत गाएको सुहाएन « Khabarhub

सरकार ढल्छ भन्नेलाई ओलीको जवाफ- राजनीति मञ्चमा ‘ढलेँ-ढलेँ’ गीत गाएको सुहाएन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार दिउँसो सम्बोधन गरेका छन् ।

बैठकमा ओलीले पार्टी फुटाउने वा टुक्र्याउने कुरा यस सरकारको मेन्युमै नभएको बताएका छन् ।

ओलीले शान्तिश्री परियारले गाएको ढलेँढलेँ गीत गाएर सरकार ढाल्ने कुरामा नलाग्न नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षीलाई आग्रह गरे ।

‘एउटा गीत बजारमा ढलेँढलेँ भन्ने अहिले व्यापक प्रचारमा छ । त्यस्तै गीत अहिले सरकार ढल्यो भन्दै विपक्षीहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो…। पुस मसान्तमै ढल्यो, आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । तर सरकार ०८४ सम्म मज्जाले जान्छ । ढलेँढलेँ गीत राजनीति मञ्चमा गाएको सुहाएन ।’

उनले कुनै पनि दल फुटाउने पक्षमा यो सरकार नरहेको पनि बताए । ‘पार्टी फुटाउने-टुक्र्याउने कुरा यस सरकारको मेन्युमा छैन । विपक्षी साथीहरूले एउटै कुरामा समय व्यर्थ फालेको देखेको छु । सरकार ढल्छ । टल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति आदि’, उनले भने, ‘एउटा गीत बजारमा ढलेँ-ढलेँ भन्ने प्रचारमा छ । यो आमरुपमा विपक्षीले गाएको सुन्छु । ढल्यो, ढल्यो, ढल्यो । आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । यो गीत मनोरञ्जनका लागि गाउँदा ठिक होला तर, राजनीति मञ्चमा गाएको सुहाएन । यो गीतको के नक्कल किन गरेको होला ? ढुक्क भए हुन्छ, ०८४ सम्म यो सरकार चलमल गर्ने छैन ।’

उनले दिनरात सरकार ढलेको हल्ला गरेर बस्नुभन्दा जनताको जीवनमा अर्थ लाग्ने कुरा गरेर अघि बढ्न प्रतिपक्षीलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ३२ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय