देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ « Khabarhub

संसद्‌ बैठक

देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् ।

संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका अध्यादेशको संसद्‌ बैठकमा प्रतिरक्षा गरेका हुन्‌ ।

बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वास रहेको बताए ।

‘हालै सरकारले व्यावसायिक वातावरण प्रबन्ध गर्न देशभित्र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ,’ सभापति देउवाले भने, ‘यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुरामा मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्री देउवाले सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशमार्फत कानून बनाएको जिकिर गरे ।

‘यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासोकी समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने, यी कानूनहरूले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु,’ उनले भने ।

सभापति देउवाले संसद्मा विचाराधीन विधेयकहरू चालु अधिवेशनबाट पारित गर्न समेत आग्रह गरे । ‘लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । आवश्यक कानून सांसदले नै बनाउने हो । संदद्मा विचाराधीन विधेयक यसै अधिवेशनबाट पारित होस्,’ उनले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ५१ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर