देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने - लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ | Khabarhub Khabarhub

संसद्‌ बैठक

देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् ।

संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका अध्यादेशको संसद्‌ बैठकमा प्रतिरक्षा गरेका हुन्‌ ।

बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वास रहेको बताए ।

‘हालै सरकारले व्यावसायिक वातावरण प्रबन्ध गर्न देशभित्र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ,’ सभापति देउवाले भने, ‘यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुरामा मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्री देउवाले सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशमार्फत कानून बनाएको जिकिर गरे ।

‘यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासोकी समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने, यी कानूनहरूले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु,’ उनले भने ।

सभापति देउवाले संसद्मा विचाराधीन विधेयकहरू चालु अधिवेशनबाट पारित गर्न समेत आग्रह गरे । ‘लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । आवश्यक कानून सांसदले नै बनाउने हो । संदद्मा विचाराधीन विधेयक यसै अधिवेशनबाट पारित होस्,’ उनले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ५१ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.