अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे « Khabarhub

अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनताको कामलाई अन्देखा गरेर सरकारले विध्येक ल्याएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सत्ता पक्ष र प्रतिपक्ष भनेर सरकारले छानीछानी काम गरेको बताए । उनले अहिले सरकारले अध्यादेश ल्याएर गलत बाटोमा लागेको बताए ।

‘समितिको छलफलमा सत्ता पक्षका मानीयन नै उपस्थित हुनुहुन्न । सरकार फेरि छिटो गर्नुपर्छ भन्ने नाममा अध्यादेशतिर गएको छ । असोज ११, १२ मा भएको बाढीमा सरकार के हेरेर बसेको थियो ? त्यो बेला छिटो काम गर्नुपर्ने अहिले सरकारले अध्यादेश किन ल्याउनुपर्ने थियो’, उनले भने, ‘जनताका कुरालाई सरकारले अन्देखा गरिरहेको छ । शान्ति प्रक्रियाका बाँकी काम अगाडि बढाउन सकेको छैन । छिटो शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाऊ । भुटानी शरणार्थी लगायतका काण्डले सरकारलाई गिज्याइरहेको छ । जनताले हेरिरहेका छन् ।’

उनले विभिन्न काण्डमा सरकारले सत्तापक्ष र प्रतिपक्षका नाममा काख र पाखा गरेको पनि दाबी गरे ।

जनताका अपेक्षा पूरा गर्न र मंहगी नियन्त्रण गर्ने सरकार असफल भएको उनको निचोड थियो । सहकारी पीडितको बचत फिर्ताो काम पनि अगाडि बढाउन उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : २८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा