अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे « Khabarhub

अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनताको कामलाई अन्देखा गरेर सरकारले विध्येक ल्याएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सत्ता पक्ष र प्रतिपक्ष भनेर सरकारले छानीछानी काम गरेको बताए । उनले अहिले सरकारले अध्यादेश ल्याएर गलत बाटोमा लागेको बताए ।

‘समितिको छलफलमा सत्ता पक्षका मानीयन नै उपस्थित हुनुहुन्न । सरकार फेरि छिटो गर्नुपर्छ भन्ने नाममा अध्यादेशतिर गएको छ । असोज ११, १२ मा भएको बाढीमा सरकार के हेरेर बसेको थियो ? त्यो बेला छिटो काम गर्नुपर्ने अहिले सरकारले अध्यादेश किन ल्याउनुपर्ने थियो’, उनले भने, ‘जनताका कुरालाई सरकारले अन्देखा गरिरहेको छ । शान्ति प्रक्रियाका बाँकी काम अगाडि बढाउन सकेको छैन । छिटो शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाऊ । भुटानी शरणार्थी लगायतका काण्डले सरकारलाई गिज्याइरहेको छ । जनताले हेरिरहेका छन् ।’

उनले विभिन्न काण्डमा सरकारले सत्तापक्ष र प्रतिपक्षका नाममा काख र पाखा गरेको पनि दाबी गरे ।

जनताका अपेक्षा पूरा गर्न र मंहगी नियन्त्रण गर्ने सरकार असफल भएको उनको निचोड थियो । सहकारी पीडितको बचत फिर्ताो काम पनि अगाडि बढाउन उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : २८ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले