प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड « Khabarhub

प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिउँदे अधिवेशनको पहिलो दिन उपस्थित भएर पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेनन् ।

सबै दलका नेताहरूले बोल्ने कार्यसूची भए पनि माओवादी संसदीय दलका नेता प्रचण्ड आफूले नबोली प्रमुख सचेतक हितराज पाण्डेलाई सम्बोधन गर्न लगाए ।

प्रचण्डले सदनलाई सम्बोधन नगरेर प्रमुख सचेतक पाण्डेले सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत् गलत बाटोको यात्रा थालेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सम्बोधन गरे । उता सरकारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा एमालेको तर्फबाट सचिव योगेशकुमार भट्टराईले भनाइ राखे ।

अर्कातिर प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सम्बोधन गरे । पुस ८ गतेदेखि निलम्बनमा परेकाले रास्वपा सभापति रवि लामिछाने बैठकमा उपस्थित छैनन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

अमेरिका-इरान वार्ताको चर्चा : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत