प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड « Khabarhub

प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिउँदे अधिवेशनको पहिलो दिन उपस्थित भएर पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेनन् ।

सबै दलका नेताहरूले बोल्ने कार्यसूची भए पनि माओवादी संसदीय दलका नेता प्रचण्ड आफूले नबोली प्रमुख सचेतक हितराज पाण्डेलाई सम्बोधन गर्न लगाए ।

प्रचण्डले सदनलाई सम्बोधन नगरेर प्रमुख सचेतक पाण्डेले सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत् गलत बाटोको यात्रा थालेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सम्बोधन गरे । उता सरकारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा एमालेको तर्फबाट सचिव योगेशकुमार भट्टराईले भनाइ राखे ।

अर्कातिर प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सम्बोधन गरे । पुस ८ गतेदेखि निलम्बनमा परेकाले रास्वपा सभापति रवि लामिछाने बैठकमा उपस्थित छैनन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा