सामाजिक सञ्जाल विधेयकले नागरिकलाई आतंकित पार्‍यो : नारायणकाजी श्रेष्ठ « Khabarhub

सामाजिक सञ्जाल विधेयकले नागरिकलाई आतंकित पार्‍यो : नारायणकाजी श्रेष्ठ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन्  ।  

शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् । प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले बताए ।

त्यस्तै श्रेष्ठले संविधानको सकारात्मक अन्तर्बस्तुलाई प्रहार गर्ने अभिशायले संविधान संशोधन गर्न खोजिएको धारणा राखे । सत्तारुढ दलका नेताहरूले नै दुई दलीय व्यवस्थाको पक्षमा  खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनले बताए ।  

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुराउनका लागि सरकार गम्भीर नदेखिएको बताए । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उनले माग गरे । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ०० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको