राजेन्द्र लिङ्देनको खबरदारी- अध्यादेशबाट देश चलाउन सत्ताको दुरुपयोग नगरियोस् « Khabarhub

राजेन्द्र लिङ्देनको खबरदारी- अध्यादेशबाट देश चलाउन सत्ताको दुरुपयोग नगरियोस्


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुईतिहाइ नजिक बहुमत भएर पनि सरकार अध्यादेशको सहारामा अघि बढेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपा संसदीय दलको तर्फबाट बोल्ने क्रममा उनले अध्यादेशको सबै प्रतिपक्षी दलहरूले विरोध गरेको बताए ।

‘अहिले तपाईंहरूले अध्यादेश ल्याउनुभएको छ । हामी प्रतिपक्षी दलहरुको तर्फबाट समयमै यो प्रक्रियाको विरोध गरेका छौँ’, उनले भने, ‘बीचमा त्यस्तो कुनै अत्यावश्यक अध्यादेश ल्याउनु परे संसद्मा प्रतिनिधित्व गर्ने दलसँग कुरा गरेर, अप्ठ्यारो सुनाएर, छलफल गरेर सहमतिमा निकास दिन सकिन्थ्यो ।’

उनले यो एक महिनाबीचमा अध्यादेश ल्याउनैपर्ने त्यस्तो के बित्यो भनेर प्रश्न गरे ।

‘यो एक महिनाको बीचमा त्यस्तो के बित्यो, त्यो अध्यादेश ल्याएपछि के बन्यो ? तर, तपाईंहरुले अध्यादेश ल्याएपछि कालो बजारसम्बन्धी ऐनमा भएका वयवस्थाहरू हटाएपछि अहिले सिमेन्टमा, रडमा कुन प्रकारको मूल्यवृद्धि भयो ?’, उनले भने, ‘अहिले दुई महिनाभित्रमा एक बोरामा साढे तीनसयसम्म मूल्यवृद्धि गर्नुपर्ने के कारण छ ? कच्चा पदार्थमा मूल्यवृद्धि भयो कि ? विद्युत् महसुलमा मूल्यवृद्धि भयो कि ? कामदारहरूको ज्यालामा वृद्धि भयो कि ? के भयो ?’

उनले जनता महंगीको मारमा परेको कुरा सरकारले नसुनेको बताए । ‘यो कुरा सरकारले सुनेको छैन ? सम्बन्धित मन्त्रीले सुनेको छैन ? किन रोकिँदैन ? किन नियन्त्रण हुँदैन ?’, उनले भने, ‘यसमा तपाईंहरुको मिलोमतो छ, तपाईंहरूको मान्छेले त्यसमा भागबण्डा लिएको छैन भनेर कसले भन्न सक्छ ?’

उनले गत पुसमा ल्याइएका अध्यादेशको अरु विषय वस्तुमा छलफल गरिने बताए । ‘जुन प्रक्रियाबाट यसरी देशलाई लगिँदैछ । यो अध्यादेश हामीले मात्रै होइन, तिमीहरूले पनि ल्याएका थियौ, अरुले पनि ल्याएको थियो भनेर देशलाई त्यसैबाट जबरजस्त ढंगले चलाउने जुन प्रयास भइराखेको छ । त्यसको हामी विरोध गर्छौँ । सत्ताको दुरुपयोग नगरियोस्, सबैलाई बराबर होस्’, उनले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : १० बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी