एलिनाको वैवाहिक जीवन नौ महिनामै भताभुंग, विष्णुविरुद्ध हालिन् सम्बन्ध विच्छेदको मुद्दा « Khabarhub

एलिनाको वैवाहिक जीवन नौ महिनामै भताभुंग, विष्णुविरुद्ध हालिन् सम्बन्ध विच्छेदको मुद्दा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।

एलिना र अस्ट्रेलियामा रहेका पतिबीच सम्बन्ध बिग्रिएको चर्चा केही महिनादेखि चलिरहेको थियो । बिहे अघिसम्म कमै विवादमा पर्ने उनी बिहेपछि तनावमा देखिन्थिन् । त्यहीकारण उनको वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ चलेको थियो। अन्तत: मनोरञ्जन क्षेत्रमा चलेको गसिपलाई पुष्टि गर्दै उनी सम्बन्धविच्छेदका लागि अघि बढेकी हुन् । यसअघि उनी घरेलु हिंसाको शिकार बनेको पनि चर्चा थियो ।

विष्णु र एलिनाले यसबारे औपचारिक रुपमा बोलेका थिएनन् । तर सम्बन्ध चिसिएको र एलिना घरेलु हिंसापीडित बनेको चर्चा भइरहँदा दुवै मौन बस्दा शंका बढेको थियो। अन्तत: त्यही शंकालाई पुष्टि गर्दै एलिनाले विष्णुसँग छुट्टिने बाटो खोज्दै अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

यसबारे यसअघि ६ माघमा खबरहबले एलिनासँग बुझ्ने प्रयास गर्दा उनले एलिना बोल्न चाहेकी थिइनन् । उनले त्यसबेला मिडियाप्रति आक्रोश पोखेकी थिइन् ।

चर्चामा आएका विषय आफ्ना निजी र व्यक्तिगत भएकाले मिडियाले चासो राख्नुनपर्ने उनको तर्क थियो । तर उनले त्यसबेला देखाएको आक्रोशले उनी तनावमा रहेको भने पुष्टि गर्‍थ्यो ।

चर्चा र तनाव

एलिना र उनका श्रीमान् विष्णु

एलिना विवाहपश्चात् केहीसमय श्रीमानसँग अस्ट्रेलियामै बसिन् । विवाह पक्का भएपछि खबरहबसँग उनले अस्ट्रेलियामा आफ्नो हुनेवाला श्रीमानको व्यवसाय रहेको बताएकी थिइन् ।

विवाहपछि उनी पनि उतै गएकी थिइन्‌ । अस्ट्रेलियामा केही महिना बसेपछि उनी नेपाल फर्किइन् । गत असोजमा नेपाल फर्किएपछि आफू ओशो मार्गी बनेको उनले जानकारी दिएकी थिइन् ।

एलिना अहिलेकी व्यस्त गायिका हुन् । अहिले मेला महोत्सवको समय भएकाले त्यतै उनको व्यस्तता छ । उनको दाम्पत्य जीवनबारे पनि यही महोत्सव यात्राकै एक सन्दर्भले चर्चा चुलिएको हो ।

पुस अन्तिम साता गायिका तथा नृत्य प्रस्तोता ज्योति मगरले फेसबुकमा एउटा स्ट्याट्स राखेर केही समयमै हटाएकी थिइन् । त्यो स्ट्याट्समा उनले लेखेकी थिइन् – आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् । बरर आँसु झारिन् । रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी । यस्तोसम्म भोगेँ…’

ज्योतिले हिंसामा परेकी गायिकाको नाम खुलाएकी थिइनन् । आवश्यक परे र पीडितको अनुमतिले नाम खुलाउने प्रतिबद्धता उनको थियो ।

ज्योतिले उक्त स्ट्याट्सबाटै ‘घरेलु हिंसामा पर्दा अन्य महिलाहरूको अवस्था के होला ?’ भन्ने प्रश्न गर्नुका साथै यसविरुद्ध लाग्न आह्वान गरेकी थिइन् ।

यही स्ट्याट्सले को हुन् ती हिंसामा परेकी गायिका भन्ने चर्चा हुन थाल्यो । सामाजिक सञ्जालमा ज्योतिको स्ट्याट्सले राम्रै चर्चा बटुल्यो ।

त्यसपछि एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘रजतपट’मा वरिष्ठ चलचित्र पत्रकार प्रकाश सुवेदीले भने यसबारे नयाँ तथ्य सार्वजनिक गरेका थिए ।

प्रकाशले ज्योति र एलिनाको पोखरा जाने क्रममा भेट भएको र हिंसाको शिकार एलिना बनेको दाबीसहितको रिपोर्ट बजाएका थिए । प्रकाशले आफ्नो दाबीको ‘रिफ्रेन्स’ भने गायक बद्री पंगेनीको भिडियोलाई बनाएका थिए ।

बद्री पंगेनीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा ज्योति र एलिनाको भेट भएको पुष्टि गर्थ्यो । महोत्सवमा प्रस्तुति दिन ज्योति, एलिना र बद्री पोखरा र तनहुँ लगायत स्थानमा जाँदै गरेको सो भिडियोबाट पुष्टि हुन्थ्यो ।

ज्योतिले ‘पोखरा जाने क्रममा गायिकासँग भेट भयो’ भनेर तोक्नु तथा बद्रीको भिडियोले ज्योति र एलिनबीच भेट भएको तथ्य पुष्टि गर्नु नै यो चर्चाको जड हो ।

अहिले एलिनाका श्रीमान् विष्णु अस्ट्रेलियामा छन् । एलिना विभिन्न कार्यक्रममा व्यस्त छिन् । यहीबीचमा प्रकाश सुवेदीले नै एलिनाले विष्णुसँग छुट्टिने निर्णय गरेको समाचार केही दिनअघि बजाए । उनले एक महिनामै एलिना छुट्टिने उल्लेख गरेका थिए ।

श्रीमानसँग सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको बेला एलिनाको नयाँ गीत, ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक भएको थियो । उक्त गीतका कारण एलिनाको मनोदशा आकलन गर्नेहरूले विष्णुसँगको सम्बन्ध बिग्रिएको चर्चा गरेका थिए । अन्तत : मनोरञ्जन जगतको गसिपालई पुष्टि गर्दै एलिनाले विष्णुसँग छुट्टिन सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ३३ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार