विष्णुमाथि एलिनाको आरोप- मेरो चरित्रमा शंका गर्दै अनेक लाञ्छना लगाउँथे « Khabarhub

विष्णुमाथि एलिनाको आरोप- मेरो चरित्रमा शंका गर्दै अनेक लाञ्छना लगाउँथे

एलिनाले अशं र माना-चामल केही नलिने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समयकी चर्चित गायिक एलिना चौहानले अस्ट्रेलियामा बस्दै आएका पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् ।

लामो समय विष्णुसँग प्रेममा रहेर गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएकी एलिनाले पहिलो पटक आफूमाथि विष्णुले हिंसा गरेको कुरा खुलाएकी हुन् ।

शुक्रबार वारेस विष्णु खरेलमार्फत काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्दै एलिनाले आफूमाथि हिंसा भएको बताएकी हुन् ।

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नु पर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, उनले सम्बन्धविच्छेदको मुद्दासम्बन्धी निवेदनमा भनेकी छन्, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ब्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा…।’

उनले विपक्षी भनिएका पतिले राम्रो व्यवहार नगरेकैले सम्बन्ध सुमधुर नहुँदा छुट्टिने निर्णय गरेको उल्लेख गरेकी छन् । ‘…हामी दुईबीको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश-माना, चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

उनले विपक्षी भनिएका विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति-पत्नीको नाता सम्बन्ध विच्छेद गराउन पनि माग गरेकी छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ५७ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी