९० मेगावाटको मर्स्याङ्दी जलविद्युत्मा ४ बैंकले लगानी गर्ने « Khabarhub

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत्मा ४ बैंकले लगानी गर्ने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएको छ । 

कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त गरेर १० खर्ब ५० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । कुमारी बैक लिमिटेडको अगुवाइमा लगानी सम्बन्धी सम्झौतामा आज ( माघ १८ गते) हस्ताक्षर भएको हो ।

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने आयोजकले जनाएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार २०८६ साल वैशाख २२ गतेबाट विद्युत् उत्पादन गर्नुपर्ने छ । 

आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ०० बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य