प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह  « Khabarhub

प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् । 

उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए । 

प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए । उनले देशको इमेजलाई माथि राख्न आग्रह गरे । 

‘नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे प्रधानमन्त्री ज्यू । नेपाल निराश भएको छ । संसद् किन ढिलो बोलाउनुभयो ? संसद्मा छलफल भएको विधेयक किन अध्यादेशबाट ल्याउनुभयो ? उनले भने, ‘प्रहरी र निजामती ऐन रोकेर बस्नुभयो । मौलिक हक ल्याउनुभएन । तपाई साँच्नै संविधानप्रति उत्तरदायी भए खै त कार्यान्वयन गरेको ? सांसदलाई पङ्गु बनाउने ?’ 

उनले सांसद र जनप्रतिनिधिलाई सरकारले कालिन्दा बनाएको बताए । उनले भूमि अध्यादेशले को खुसी छ भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ५२ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज