काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् ।
उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए ।
प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए । उनले देशको इमेजलाई माथि राख्न आग्रह गरे ।
‘नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे प्रधानमन्त्री ज्यू । नेपाल निराश भएको छ । संसद् किन ढिलो बोलाउनुभयो ? संसद्मा छलफल भएको विधेयक किन अध्यादेशबाट ल्याउनुभयो ? उनले भने, ‘प्रहरी र निजामती ऐन रोकेर बस्नुभयो । मौलिक हक ल्याउनुभएन । तपाई साँच्नै संविधानप्रति उत्तरदायी भए खै त कार्यान्वयन गरेको ? सांसदलाई पङ्गु बनाउने ?’
उनले सांसद र जनप्रतिनिधिलाई सरकारले कालिन्दा बनाएको बताए । उनले भूमि अध्यादेशले को खुसी छ भन्दै प्रश्न समेत गरे ।
प्रतिक्रिया