संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग « Khabarhub

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ।

शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिन माग गरे ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ,’ उनले भने।

सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए।

लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ।

लिङ्देनले लामिछानेको सम्पत्ति छानबिन गरेर भने सरकारले ठिक गरेको बताए। ‘सबैको सम्पत्ति छानबिन गरौं न, किन उहाँको मात्रै,’ उनले भने।

प्रहरी प्रमुखबारे लिङदेनको भनाइ जस्ताको त्यस्तै–

अहिलेको प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्छ । सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्ने कुराको नमुना पनि हो यो ।

उनलाई छानबिन भन्दा पनि एकचोटि सोध्नुपर्‍यो। यही प्रहरी प्रमुखले रवि लामिछाने गृहमन्त्री हुँदाखेरि राज्यव्यवस्था समितिमा आएर उहाँमाथि सहकारीसम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नुभएको होइन ?

त्यही प्रहरी प्रमुख अन्तरगतको प्रहरीले अहिले रवि लामिछानेलाई मुद्दा चलायो । कुन चाहिँ कुरा सत्य हो त ? यो भनेको हाम्रो राज्यव्यवस्था कसरी चलिराखेको छ भन्ने कुराको एउटा नमूना हो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ०९ बजे

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार