अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश « Khabarhub

अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको भूमिकालाई अंकुश लगाएको छ ।

सरकारले गत पुस अन्तिममा ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ मा गरिएका व्यवस्थाले राष्ट्रिय योजना आयोगको भूमिकालाई कम गरिएको पाइएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशमा ऐनको दफा ८ को उपदफा १ र २ लाई संशोधन गर्दै सरकारले बजेटको सिलीङ तोक्ने काम अर्थमन्त्रालयलाई दिने व्यवस्था गरेको छ ।

दफा ८ मा गरिएको बजेटको सीमा र मार्गदर्शन पठाउने कामको जिम्मेवारी प्राथमिक रुपमा योजना आयोगलाई रहेको छ । जसमा समय तोकेरै बजेटको सीमा र ढाँचा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

तर सरकारले अध्यादेशमा योजना आयोगले आयोजना र कार्यक्रम प्रस्ताव गर्ने तर आयोगको विवरणको आधारमा अर्थ मन्त्रालयले नै बजेट सीमा र बजेट तर्जुमा सम्बन्धि मार्ग दर्शन तयार गर्ने भन्ने व्यवस्था गरिएको छ । यसअघि यो सबै योजना आयोगले राष्ट्रिय स्रोत अनुमान समिति मार्फत गर्ने व्यवस्था रहेको थियो ।

योजना आयोगले सिलिङ र ढाँचा तथा योजनाको प्रस्ताव राष्ट्रिय स्रोत अनुमान समितिमार्फत् पठाएपछि मन्त्रालयले मन्त्रालयगत बजेट सुचना प्रणाली (एलएमबीआईएस) मा इन्ट्री गर्ने प्रक्रियालाई अब सरकारले सबै अधिकार अर्थ मन्त्रालयलाई दिएको छ ।

अध्यादेश कार्यान्वयनमा गएमा सिलिङ निर्धारण गर्ने र ढाँचा आफैं बनाउने भएपछि शक्तिको सन्तुलन नहुने अनुमान छ । दोहोरो भूमिका गरेर सरकारले बजेट निर्माण प्रक्रियामा हस्तक्षेप गरेको भन्दै योजना आयोगका पदाधिकारी चिन्तित बनेका छन् ।

बजेट निर्माणको प्रक्रियामा आफ्नो भूमिकालाई अध्यादेश मार्फत कमजोर बनाएको भन्दै योजना आयोगका पदाधिकारी समेत असन्तुष्ट बनेको बुझिएको छ ।
अर्थ मन्त्रालयले चलाखी अपनाएर बजेट निर्माणमा योजना आयोगको भूमिका सीमित गरेको विषयमा सत्ता पक्षकै सांसद र मन्त्रीसमेत अलमलमा परेका छन्।

सरकारले आफ्नो किसिमले बजेट निर्माण गर्न अध्यादेशमा यस्तो व्यवस्था गरेको भन्दै कांग्रेसका नेताहरू सशंकित बनेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : १६ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर