कांग्रेसको नवप्रवर्तन मेला : उडुस मार्ने सेवा, चिया पिउने काइदा !

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यो साता ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’ आयोजना गर्यो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार र बिहीबार भएको सम्मेलनमा नवप्रवर्तन (स्टार्टअप) व्यवसायीहरूले ९० भन्दा बढी स्टल राखे ।मेला अवलोकन गर्न कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरू सानेपा पुगे । दैनन्दिन निरपेक्ष राजनीतिक जोडघटाउभन्दा पृथक नवप्रवर्तन मेलामा कांग्रेस इतरका व्यक्ति र सङ्घ/संस्थाका प्रतिनिधि पनि देखिए ।
कांग्रेसको नवप्रवर्तन मेलामा उडुस मार्नेदेखि चिया पिउन सिकाउनेसम्मका स्टल राखिएको थियो । मेलामा नेपालमै उत्पादित कोदोको कुकिज, स्वदेशी रोबोट, नेपाली ढाकाका समानहरू र नेपालकै प्राङ्गारिक (अर्गानिक) खाद्यान्न पाइने स्टल पनि छुटेनन् ।
अलपत्र चक्रपथ विस्तार : चिनियाँ ठेकेदारको बाटो हेर्दै सरकार

चीन सरकारले चक्रपथअन्तर्गतको कोटेश्वर–कलंकी १०.३९ किलोमिटर पहिलो खण्ड ८ लेन निर्माण गरेर २०७५ मैै नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि दोस्रो खण्ड कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर निर्माण गर्नेगरी दुई देशबीच समझदारी भएको थियो । यो समझदारीको ६ वर्षमा पनि निर्माण अगाडि बढेको छैन ।
विगतमा चक्रपथ विस्तारका लागि साइट क्लियरको कुरालालाई चिनियाँ पक्षले उठाउने गरेको थियो । यस क्षेत्रमा अहिले काम अघि बढाउने गरी साइट क्लियरेन्स भइसकेको चक्रपथ आयोजनाका एक अधिकारीले बताएका छन् । सम्झौता बमोजिम मुख्य सडकको दायाँबायाँ अर्थात् ‘सर्भिस ट्रयाक’ निर्माण पनि चालु आर्थिक वर्षमै सक्ने गरीे नेपाली पक्षले काम गरिरहेको छ ।

आधा शताब्दी अघितिर बाबुबाजेले पाखाभित्तामा रोपेको बाँसका झ्याङले छोरानातिको पालामा वार्षिक पाँच/सात लाख रुपैयाँ आम्दानी गराउला भनी रेवतकुमार वान्तवाले सोचेकै थिएनन् ।
धनकुटाको शहीदभूमि गाउँपालिका–२ आङ्खुवा बस्ने वान्तवाका लागि बाबुबाजेले रोपेर छाडेका बाँसझ्याङ ‘पैसाको बोट’ साबित भएको छ । न पानी लगाउनुपरेको छ, न गोडमेल गर्नुपरेको छ । अन्य नगदेबालीमा लगानी गरेजस्तो वा फलफूल/तरकारी खेती स्याहारेजस्तो दुःख गर्नु नपर्ने बाँसको खेती वान्तवा परिवारका लागि जीवन धान्ने माध्यम नै बनेको छ ।
न कुहिएला भन्ने पीर ! न बिक्री नहोला कि भन्ने पीर ! न त सुन्तला र अलैचीँमा जस्तो किरा लाग्ला भन्ने पीर ! उनले खबरहबसँग भने, ‘यहाँ म जस्तै बाँस खेती गर्नेहरू त यहाँ घरैपिच्छे छन् ।
उधारो कारोबारमा इमान्दार रहेन सरकार, भुक्तानी दायित्व अर्बौंमा

आफ्नै नीति तथा कार्यक्रमको कार्यान्वयन क्रममा सिर्जना भएको अर्बाैं रुपैयाँ दायित्व भुक्तानीमा सरकार इमान्दार देखिएको छैन । जसकारण सरकारले एकातर्फ भुक्तानी दायित्व बढाइरहेको छ भने अर्कातिर सरकारले भुक्तानी नदिँदा समग्र अर्थतन्त्रमै प्रभाव परेको छ ।
सरकारले गर्नुपर्ने भुक्तानीमा भएको समस्याका कारण उत्पादन गर्ने किसानदेखि बिमारीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालका सेवासमेत प्रभावित बन्न पुगेका छन् ।
योगेश भट्टराईमाथि प्रश्न : केबलकारको प्रक्रिया पुगेको भए सहुलियतको माग किन ?

ताप्लेजुङको पाथीभरा–मुक्कुम्लुङ क्षेत्रमा चन्द्र ढकालको कम्पनीले केबलकार बनाउने परियोजना सुरु गर्दै फेदीमा डोजर चलाउन थालेपछि यतिबेला तनाव सुरु भएको छ । प्रहरीले गोली चलाउँदा शनिबार चारजना गम्भीर घाइतेसमेत भएका छन् । यो घटनासँगै यहाँको ‘केबलकार प्रकरण’ राष्ट्रिय बहसको विषय बन्न पुगेको छ ।
लिम्बु–किरात समुदायले आफ्नो ऐतिहासिक मुन्धुमीस्थलमा अतिक्रमण गरिएको भन्दै त्यहाँ केबलकार बनाउनै नहुने तर्क गरिरहेका छन् । फुङलिङ नगरपालिकाले भने विज्ञप्ति नै जारी गरेर वार्ताबाट समस्या समाधान हुनुपर्ने तर केबलकार निर्माण कार्यलाई रोक्न नहुने अपील गरेको छ ।
डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पुर्याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ ।
पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।
सिंहदरबारले खोल्यो समपूरक र विशेष अनुदान प्रस्ताव (मापदण्डसहित)

सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समपूरक र विशेष अनुदान प्रस्ताव खुला गरेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरकमा ११ र विशेषमा ६ क्षेत्रका आयोजना/कार्यक्रम प्रस्ताव माग गरेको हो ।
अब प्रदेश र स्थानीय तहले सङ्घीय समपूरक र विशेष अनुदानमा अघि बढाउन चाहेका आयोजना/कार्यक्रम प्रस्ताव यही फागुन १५ भित्र पेश गरिसक्नुपर्नेछ । यस्तो प्रस्ताव विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत योजना आयोगमा पठाउनुपर्नेछ ।
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट काठ आउने तर स्वदेशी काठ जंगलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताए। उनले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताए।
स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् ।
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।
पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई कम्युनिस्ट बताउँछन् । कम्युनिस्टले धर्म मान्दैनन् । अर्थात्, उनीहरु भौतिकवाद र विज्ञानमा विश्वास गर्छन् । संसारको सृष्टि र सञ्चालन अदृश्य शक्तिबाट नभई विज्ञानको नियमबाट हुन्छ भन्ने कम्युनिस्टहरुको दार्शनिक मान्यता छ । यही मान्यताका आधारमा कार्ल मार्क्सले भनेका होलान्– धर्म अफिम हो ।
कम्युनिस्टहरुको हकमा मात्र होइन, आधुनिक राजनीतिशास्त्रले समेत धर्म र राजनीतिलाई अलग गर्नुपर्छ भन्ने मान्यता राख्छ । मध्ययुग, अर्थात ‘डार्क’ युगमा करिब ३/४ सय वर्षसम्म राजनीतिमाथि धर्मको प्रभुत्व थियो । राज्यसंयन्त्रमा चर्च हाबी थिए । राजा/शासकभन्दा पादरी/ऋषि/जोगीहरुलाई उच्च मानिन्थो । तर, पुनर्जागरणकालपछि धर्मलाई मानिसहरुको आस्थाका रुपमा सम्मान गर्दै राजनीतिशास्त्र र विधिशास्त्रलाई धर्मबाट अलग गरियो । त्यसैले आधुनिक राजनीतिशास्त्रमा भन्ने गरिन्छ– धर्मका नाममा राजनीति नगरौं ।
‘युएसएआइडी’ ले स्रोत बेहोर्ने चार परियोजनाका काम रोक्न अर्थको निर्देशन

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सह वित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको जनाएको छ ।
काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाएसँगै तनाव पनि चुलिएको छ ।
गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन पनि बढेको हो ।
सरकारले घोषणा गरेजस्तै पाइएला त पक्षघातको निःशुल्क औषधी ?

कुनै कारणवश रक्त सञ्चारमा बाधा आई मस्तिष्कले आफ्नो नियन्त्रण गुमाएर हातखुट्टा नचल्ने, बोल्न नसक्ने, खानेकुरा आफैँ खान नसक्ने लगायत विभिन्न शारीरिक अपाङ्गता भएको अवस्थालाई पक्षघात अर्थात् स्टोक भनिन्छ ।
नेपाल लगायत विश्वभर मृत्युको तेस्रो प्रमुख कारण बनेको मस्तिष्कघात अर्थात् पक्षघातलाई अस्पतालको सघन उपचार कक्ष (आइसीयू) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण मानिएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाख बढी मानिस मस्तिष्क घातको सिकार हुने गरेका छन् ।
प्रतिक्रिया