मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन « Khabarhub

मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहिताका साथै एजेण्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले मधेश केन्द्रित ८ दलीय मोर्चाको नाम, एजेण्डा, आचारसंहिता लगायत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने उनले बताए  । कार्यदलबाट पारित भएपछि मधेश केन्द्रित ८ को शीर्ष तहमा प्रस्तुत गरी आवश्यक निर्णय लिइने कर्णले बताए ।  

यसअघि बिहीबार बसेको मधेश केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । 

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : १२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा