बालबालिको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे « Khabarhub

बालबालिको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बालप्रतिभाको प्रतिभा उजागर गर्न उनीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित आठ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह ‘दी स्प्रोटिङ स्टोरिज’ विमोचन गर्दै उनले बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाजको अहम् भूमिका हुने बताए ।

“सानै उमेरमा बालिका आकृतिले यो स्तरको कथा लेख्नु आँफैमा विशिष्ट क्षमता हो, लेखिकालाई प्रोत्साहन गर्नुपर्छ, जुनसुकै पेसा व्यवसायमा क्रियाशील भए पनि साहित्यमा जोडिएका व्यक्तिहरू अरूको तुलनामा शक्तिशाली हुन्छन्”, मन्त्री पाण्डेले भने । विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै उनले साहित्यकारहरू भावुक भएकाले भावुकताले मानिसलाई असल कामप्रति प्रेरित गर्ने उल्लेख गरे ।

बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाज सबैले सहयोग गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए । उनले साहित्यकारको कल्पनाशक्ति अद्भुत हुने बताउँदै आजको च्याट जिपिटी र इन्टरनेटको जमानामा चिन्तन गर्ने कल्पना शक्तिभन्दा सशक्त अन्य कुनै शक्ति नहुने धारणा राखे ।

संस्कार पब्लिकेसनद्वारा प्रकाशित उक्त कृतिमा अङ्ग्रेजी माध्यमबाट लेखिएका ११ वटा कथा समावेश छन् । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्याल, लेखक शङ्करकुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउनुका साथै पात्रहरूलाई उचित न्याय दिएको बताए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ३४ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध