त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन « Khabarhub

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की उम्मेदवार छन् ।

यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : १५ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा