राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की « Khabarhub

राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन  पत्रकारहरूलाई आग्रह गरे ।

उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले काठमाडौंमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने शृङ्खला मात्र भएको बताए । उनले आपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताए ।

पत्रकार महासङ्घले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशीला पाठकलगायत पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई  ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ०८ बजे

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ