पत्रकार हत्याको विरोधमा महासङ्घले देशभरबाट बुझायो सरकारलाई ज्ञापनपत्र « Khabarhub

पत्रकार हत्याको विरोधमा महासङ्घले देशभरबाट बुझायो सरकारलाई ज्ञापनपत्र


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीका साथै उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घको केन्द्रीय समितिले सोमबार काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ ।

प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन् ।

महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष उमिद बागचन्द र महासचिव रामप्रसाद दाहालले आज बिहान गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासङ्घले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको महासचिव दाहालले जानकारी दिए ।

घाइते पत्रकारहरूको उपचारका लागि समेत महासङ्घले ध्यानाकर्षण गराएको छ । महासङ्घले उक्त घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबारदेखि नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ ।देशभरबाट कालोपट्टि बाँधेर काम गरेका पत्रकारहरूले शनिबार सडकमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : २९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्