पत्रकार महासङ्घ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र « Khabarhub

पत्रकार महासङ्घ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासङ्घ आन्दोलित छ ।

महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो पत्र बुझाएका हुन् ।

पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले राजावादीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानूनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

ध्यानाकर्षणपत्र वाचन गर्दै महासङ्घ गण्डकी अध्यक्ष पौडेलले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घ गण्डकीले माग गरेको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ४२ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्