टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु « Khabarhub

टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर– १२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि आजदेखि पुनः हवाई सेवा सुरु भएको छ ।

नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले अब प्रत्येक सोमबार उडान हुने जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए ।

विमानस्थलमा हवाई सेवा पटकपटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ ।

विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ५४ बजे

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण

जोर्डनले खसाल्यो दुई मिसाइल

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर