ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्छ : मुख्यमन्त्री कार्की « Khabarhub

ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्छ : मुख्यमन्त्री कार्की


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए ।

नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । ईद पर्वले एकताका साथमा शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विश्वास छ ।

संविधानले सबैलाई समान व्यवहार गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधानको यस प्रावधानको रक्षा र संरक्षण गर्न प्रेरणा दिने बताएका छन् । नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  २ : ०२ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।