रविको जिकिर : सडकको आक्रोश राजा फर्काउन होइन, गणतन्त्रवादीको कु-कर्मको फल हो | Khabarhub Khabarhub

रविको जिकिर : सडकको आक्रोश राजा फर्काउन होइन, गणतन्त्रवादीको कु-कर्मको फल हो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकमा देखिएको आक्रोश राजा फर्काउने नभएर सरकारको कु–कर्मको फल भएको बताएका छन् । उनले सरकारको आक्रोशविरुद्ध सडकमा जनमत उर्लिएको दाबी गरे । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफू गोली खान तयार भएको बताए ।

उनले आफूलाई सक्नेहरूसामु शिर निहुर्‍याएर नहिँड्ने दाबी गरे । ‘गोली खान तयार छु । एक पटक हामी जस्तै सदनमा योग्य मान्छे ल्याउनुस् । दुईजना चोर मिलेर साधु हुँदैनन,’ लामिछानेले भने, ‘यो सरकारले सडकमा आएको चार हजार मान्छे कन्ट्रोल गर्न सकेन । अहिले सडकमा देखिएको आक्रोश राजाको पक्षमा होइन । ठूला दलको कु–कर्मको परिणाम हो । यो कुरा लामो समय टिक्दैन ।’

उनले गणतन्त्रवादी दलहरुलाई सम्बोधन गर्दै फोटो खिचाउने रहर नभएको बताए । ‘तपाईंहरूको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन । तपाईंहरू जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन’, उनले भने, ‘तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ ।’

लामिछाने सोमबारबाट रास्वपा सभापतिको जिम्मेवारीमा फर्कन लागेका छन् । सांसद पद निलम्बनमा परेपछि रास्वपाले पुस ८ गतेबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई तोकेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ४ : ०९ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत